Government of Nepal
Ministry of Agriculture and Livestock Development

Department of Food Technology and Quality Control

Babarmahal,Kathmandu

Food Technology and Quality Control Office, Bhairahawa


पुराठेगाना: ओमसतिया गाउँ पालिका, वार्ड नं. २, रुपन्देही
स्थापना मिति: वि.स. २०५१
इमेल ठेगाना: [email protected]
सम्पर्क नम्बर: ०७१-४२१००५, ०७१-४२१०९५
सुचना अधिकारी: विमल कुमार दाहाल
सुचना अधिकारी: ९८५७०१५१५७
सुचना अधिकारी: प्रवेश पोखरेल
सुचना अधिकारी: ९८५७०१७२९४

यस कार्यालयले उपलब्ध गराउने सेवाहरु:
यस कार्यालयका कार्यक्षेत्रहरु:

१. परिचय

खाद्य ऐन २०२३ लागू गरी स्वच्छ, गुणस्तरीय र पोषणयुक्त खाद्य पदार्थको आपूर्ति एकिन गरी आम उपभोक्ताको हक हित र स्वास्थ्य रक्षा गर्ने, दाना पदार्थ ऐन २०३३ लागू गरी दाना पदार्थमा गुणस्तरीयता कायम गर्ने प्रमुख उद्देश्यका साथ “खाद्य प्रयोगशाला, पोखरा” २०५१ सालमा स्थापना भएको थियो । खाद्य पदार्थको उत्पादन तथा बजारको सघनतालाई मध्यनजर गर्दै स्रोतमा नै गुणस्तर नियमन गर्नुपर्ने आवश्यकता महशुस गरी बि.स. २०६१ सालमा उक्त प्रयोगशाला भैरहवा स्थान्तरण गरियो । बि.स. २०६१ सालदेखि यस प्रयोगशालाको नाम “क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय” रहन गयो । बि.स. २०७२ सालमा नयाँ संविधान जारी भए पछि सोहि अनुरुपको संरचना निर्माण गर्ने क्रममा मिति २०७५/०४/०१ देखि यस कार्यालयको नाम “खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय” रहेको छ । यस कार्यालयको कार्य क्षेत्र साविकमा पश्चिमान्चल बिकास क्षेत्रले ओगटेका १७ जिल्ला भएकोमा मिति २०७९/०४/१६ को बिभाग स्तरीय निर्णय अनुसार देहायका ६ जिल्ला रहेका छन् । यस कार्यालय र मातहतका कार्यालयको स्वीकृत दरवन्दी र कार्य क्षेत्र तालिका नं. १ मा प्रस्तुत गरिएको छ ।

तालिका १. कार्यालय, स्वीकृत दरवन्दी र कार्य क्षेत्र

क्र.स.

कार्यालयको   नाम

स्वीकृत दरवन्दी

कार्य क्षेत्र

१. खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा

१५

नवलपरासी (.सुपश्चिम), रुपन्देहीकपिलवस्तु, अर्घाखाँचीपाल्पा र गुल्मी जिल्ला
२. खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कपिलवस्तु

कपिलवस्तु र अर्घाखाँची जिल्ला
३. खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, पाल्पा

पाल्पा र गुल्मी जिल्ला
जम्मा

२३

 

२. प्रमुख कार्यहरु: यस कार्यालय मार्फत देहायका कार्यहरु सम्पादन हुने गर्दछन् ।

२.१ गुण नियन्त्रण सम्बन्धी कार्य 

  • उद्योगहरुलाई अनुज्ञापत्र दिने,
  • स्वच्छता सम्बन्धी तालिम प्रशिक्षण दिने,
  • GMP सम्बन्धी तालिम दिने,
  • उपभोक्ता सचेतना कार्य गर्ने,
  • परामर्श प्रदान गर्ने,
  • बजार, उद्योग, होटेल रेस्टुरेन्ट अनुगमन निरीक्षण गर्ने,
  • सिलबन्दी, रोक्का गर्ने,
  • मुद्धा दायर गर्ने ।

२.२ खाद्य प्रयोगशाला सम्बन्धी कार्य

  • खाद्य तथा दाना ऐन अनुरुपका नमूनाहरु परीक्षण गरी सार्वजनिक विश्लेषकको प्रतिवेदन जारी गर्ने,
  • खाद्य एवं दाना पदार्थहरुको गुणस्तर तथा संभाव्य जोखिम पहिचान अध्ययन अनुसन्धान गर्ने,
  • उपभोक्ता वा सर्बसाधारणले खाद्य वस्तुको नमूना विश्लेषण गराउन चाहेमा तोकिएको दस्तुर तिरी परीक्षण गराउन सक्नेछन् ।

२.३ खाद्य प्रविधि बिकास तथा पोषण सम्बन्धी कार्य

  • कृषि उपजहरुको संरक्षण, भण्डारण, प्रशोधन आदिको प्रविधि विकास गर्ने, प्रचार/ प्रसार गर्ने,
  • पौष्टिक खाद्य पदार्थहरुको पहिचान, विश्लेषण, परिकार विकास, उपभोक्ता जागरणमा जोड दिने,
  • खाद्य पोषण सम्बन्धि तालिम दिने,
  • आवश्यक परामर्श प्रदान गर्ने ।

३.  कार्यालयको पुरा ठेगानाः ओमसतिया गाउँ पालिका, वार्ड नं. २, रुपन्देही, (कृषि अनुसन्धान

परिषद, राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रको कम्प्लेक्स भित्र)

४. कार्यालय भवनको फोटो, बाहिरी भ्यु, अफिस वोर्ड देखिनेगरी: यसै साथ संलग्न छ ।

५. कार्यालयको  सम्पर्क नम्वर: ०७१-४२१००५, ०७१-४२१०९५

६.  इमेल ठेगाना: [email protected]

७. कार्यालय प्रमुखको नाम, फोटो र फोन नं:  विमल कुमार दाहाल,  ९८५७०१५१५७

८. सूचना अधिकारीको नाम, फोटो र फोनः प्रवेश पोखरेल, ९८५७०१७२९४

९.  कार्यक्षेत्रः नवलपरासी (ब.सु. पश्चिम), रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्ला

११.  मातहतका डिभिजन कार्यालयहरुः कपिलबस्तु र पाल्पा

विमल कुमार दाहाल

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत

एवंम् कार्यालय प्रमुख

प्रवेश पोखरेल

खाद्य अनुसन्धान अधिकृत

एवम् सूचना अधिकारी

 

कर्मचारीहरुको विवरण: