Government of Nepal
Ministry of Agriculture and Livestock Development

Department of Food Technology and Quality Control

Babarmahal,Kathmandu

Food Technology and Quality Control Office, Biratnagar


पुराठेगाना: तिनटोलिया सोमबारेहाट बिराटनगर-१०
स्थापना मिति: वि.सं. २०३५
इमेल ठेगाना: [email protected]
सम्पर्क नम्बर: ०२१-४७०२२१
सुचना अधिकारी: राज कुमार रिजाल
सुचना अधिकारी: ९८५२०७०२१८
सुचना अधिकारी: सञ्‍जय भण्डारी
सुचना अधिकारी: ९८५२०७०२२१

यस कार्यालयले उपलब्ध गराउने सेवाहरु:
  • खाद्य/ दाना गुण नियन्त्रण
  • खाद्य प्रविधि विकास एवम् विस्तार
  • खाद्य पोषण कार्यक्रम
  • प्रयोगशाला विश्लेषण सेवा
  • SPS सम्बन्धी कार्यमा विभागको निर्देशानुसार आवश्यक सहयोग गर्ने ।
यस कार्यालयका कार्यक्षेत्रहरु:
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, झापा
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,इनरुवा
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, धनकुटा
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय,गाइघाट

परिचय

पुर्वाञ्चल क्षेत्रमा उपभोक्ताको स्वास्थ्य रक्षाको लागि खाद्य गुण नियन्त्रण गर्न र खाद्य पोषण तथा प्रविधि प्रसार गर्न वि.सं. २०३५ सालमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा पूर्वाञ्चल खाद्य प्रयोगशाला को रुपमा यस क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको स्थापना भएको थियो । वि.सं. २०४६ सालमा यस कार्यालयको नाम पुर्वाञ्चल खाद्य विश्लेषण प्रयोगशाला नामाकरण गरियो । वि.सं. २०५० मा पुनः यस कार्यालयको नाम परिवर्तन गरि क्षेत्रीय खाद्य विश्लेषण प्रयोगशाला नामाकरण गरियो । वि.सं. २०५२ सालमा यस कार्यालयको नाम क्षेत्रीय खाद्य प्रयोगशाला रहन गयो । यस प्रयोगशालालाई सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरि मोरंङ्ग जिल्लाको विराटनगर महानगरपालिकामा वि.सं. २०५३ भाद्र ३१ मा स्थानान्तर गरियो । वि.सं. २०५७ श्रावण २३ गतेबाट यस कार्यालयको नाम क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रहन गयो । वि.सं. २०७१ साल फागुन देखि यस क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आफ्नै प्राङ्गणमा नव-निर्मित भवनबाट सेवा प्रदान गरिरहेको छ । वि.सं. २०७५ साल श्रावण महिना देखि कार्यालयको नाम परिवर्तन भई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भएको छ । यस कार्यालय अन्तर्गत झापा, सुनसरी, धनकुटा तथा उदयपुरमा गरी चारवटा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरु समेत स्थापना भएका छन् ।

 

मूख्य-मूख्य काम तथा सेवा

खाद्य गुण नियन्त्रण, दाना गुण नियन्त्रण, खाद्य प्रविधि विकास एवम् विस्तार, खाद्य पोषण, प्रयोगशाला विश्लेषण सेवा सम्बन्धी यस कार्यालयले गरी आएका प्रमुख कार्यहरु निम्न रहेका छन् ।

१)   खाद्य/ दाना गुण नियन्त्रण

तालिम प्राप्त निरिक्षकहरुबाट नियमित एवम् आकस्मिक रुपमा बजार/ उद्योग निरीक्षण गरी असल उत्पादन अभ्यास अनुरुप उत्पादन भए नभएको अनुगमन गरी गुणस्तर सम्बन्धी अनुसन्धान गर्ने र विशेष गरी न्यून गुणस्तरका खाद्य तथा दाना पदार्थहरुका नमुना संकलन, संकलीत नमुनाहरुको प्रयोगशाला विश्लेषण, विश्लेषणवाट प्राप्त नतिजाहरुको आधारमा न्यून गुणस्तर वा दुषित देखिएकोमा खाद्य/ दाना ऐन नियम अनुसार कानूनी कारवाही ।

  • खाद्य/ दाना उद्योग स्थापना गर्न सिफारिस, अनुज्ञापत्र प्रदान, नवीकरण, नियमन एवम् परामर्श सेवा ।
  • आयात निर्यातको खाद्य वस्तुहरुको गुण नियमन एवम् प्रमाणिकरण ।
  • खाद्य/ दाना वस्तुहरुको उत्पादन, संचयन तथा बिक्री वितरणमा हुने अस्वस्थकर गतिविधिलाई नियन्त्रण गर्न विभिन्‍न माध्यमबाट उपभोक्ता सचेतना कार्यक्रम संचालन ।

२)   खाद्य प्रविधि विकास एवम् विस्तार

  • फलफूल, तरकारी, खाद्यान्‍न, माछा मासु र दुग्ध पदार्थमा आधारित प्रशोधन प्रविधिहरुको विकास एवम् प्रसार ।
  • खाद्य उद्योग स्थापना गर्न चाहने उद्यमी व्यवसायीहरुको लागि तालिम कार्यक्रम संचालन ।
  • खाद्य उद्योगहरुको लागि प्राविधिक सेवा टेवा प्रदान कार्यक्रम ।
  • दुर्गम स्थानमा उत्पादन हुने फलफूलहरुको संरक्षण गर्न उपयुक्त ढुवानी तथा परिवहन प्रविधि तथा प्याकेजिङ प्रविधिको विकास, प्रसार ।
  • कृषि उपजमा उत्पादनोपरान्त हुने क्षति कम गर्न अध्ययन अनुसन्धान गरी प्रचार प्रसार गर्ने ।

३)  खाद्य पोषण कार्यक्रम

कार्यालय अन्तर्गत विभिन्न भौगोलिक क्षेत्र तथा बर्ग विशेषको पोषण स्थिति सर्वेक्षण गरी कुपोषणमा सुधार ल्याउन स्थानीय स्तरमै अवलम्बन गर्न सकिने उपायहरु बारेको जानकारी गराउने ।

  • खाद्य वस्तुहरुको पौष्टिक तत्वहरुको अध्ययन अनुसन्धान गरी खाद्य पोषण तालिका निर्माण एवम् प्रसारमा आवश्यक सहयोग पुर्याउने ।
  • पोषण सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन ।
  • पोषण सम्बन्धी तालिम कार्यक्रम संचालन ।

४)  प्रयोगशाला विश्लेषण सेवा

  • तोकिएको दस्तुर सहित अनुरोध भई आएका खाद्य एवम् पेय पदार्थ तथा दाना पदार्थको जाँचको लागि प्रयोगशाला सेवा उपलब्ध गराउदै आएको ।

५)   SPS सम्बन्धी कार्यमा विभागको निर्देशानुसार आवश्यक सहयोग गर्ने ।

 

 

 

कर्मचारीहरुको विवरण:


राज कुमार रिजाल

कार्यालय प्रमुख

९८५२०७०२१८

सञ्‍जय भण्डारी

सुचना अधिकारी

९८५२०७०२२१