Government of Nepal
Ministry of Agriculture and Livestock Development

Department of Food Technology and Quality Control

Babarmahal,Kathmandu

युक्रेनको दुःख : ‘परम्परागत चमक बिनाको क्रिसमस मौसम’


१० पुस, एजेन्सी । एक वर्ष अघि मात्र कीभको सोफिया स्क्वायरमा ठूलो क्रिसमस ट्री र व्यापारिक केन्द्रमा हजारौं बत्तीहरू चम्किरहेका थिए । सन् २०२२ को यो अन्तिम दिनहरूमा त्यहाँ एउटा सामान्य रूख उभिएको छ, यसको नीलो र पहेँलो बत्तीले कारको हेडलाइटबाहेक अँध्यारो भएको चोकको अन्धकारलाई मुस्किलले तोडेको अनुभुति हुन्छ, किनकि युक्रेन पर्वको उल्लास मनाउने अवस्थामा छैन । हालैका महिनाहरूमा, रूसले ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आएको छ ।

बिजुली कटौती गर्ने र युक्रेनीहरूलाई सरकारविरूद्ध आक्रोशित बनाउने लक्ष्य राखेको छ । यद्यपि, युक्रेन सरकारले सकेसम्म छिट्टै विद्युत अवरूद्धतालाई सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ । राजधानीको ३० लाखभन्दा बढी बासिन्दाहरूसहित देशका प्रत्येक व्यक्तिका लागि विजुली उपलब्ध गराउनु युक्रेनका लागि फलामको चिउरा सावित भएको छ अर्थात् विद्युत पुनस्र्थापना गर्न व्यावहारिक रूपमा असम्भव देखिएको छ ।